अर्थसंक्षेप : हिउँदे वर्षाले विद्युत र कृषि क्षेत्र प्रभावित, झिनो अंकले बढ्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : हिउँदे वर्षाले विद्युत र कृषि क्षेत्र प्रभावित, झिनो अंकले बढ्यो नेप्से


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । त्यसतै सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

आजका आर्थिक समाचार :

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई यो हिउँद बितेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा र अन्य भेगमा पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतभन्दा कम पानी पर्ने अनुमान गरेको छ ।

हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । अहिलेसम्म सुख्खायाम नै रहेकाले विद्युत् उत्पादनमा ठूलो गिरावट आइसकेको छ । अर्कातिर केही हिउँदे बालीमा नकारात्मक असर पर्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञले गरेका छन् ।

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २।४१ अंकले बढेर २७३० विन्दुमा पुगेको हो ।

नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको बताए । उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

सुनको मूल्य स्थिर

सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ ।

शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ ।

नगरपालिकाले बिक्रीकक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ५८ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका