सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी « Khabarhub

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन)युद्धको क्रममा निर्माण गरिएको ‘सूर्यगढी’ मा सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय सरकारले निर्वाह गर्न सक्ने भूमिकाको जिम्मेवारी बहन गर्ने उद्देश्यले आइतबार देखि सुरु भएको अधिवेशन आज सम्पन्न गरेको हो । अधिवेशनले चारबुदेँ ‘सूर्यगढी घोषणापत्र-प्रतिबद्धतापत्र’ जारी गरेको छ।

सूर्यगढीको संरक्षण, प्रवर्द्धन एवं प्रचारमा सहयोग पुग्ने सन्देश प्रवाहका लागि गढीमा सभा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए। उनकाअनुसार जारी घोषणापत्रमा गढी संरक्षण र प्रवर्द्धनसँगै जलवायु परिवर्तनको प्रभावलाई पालिकाबाट गर्न सक्ने न्यूनीकरणका सम्बन्धमा छलफल गरी गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

चार बुँदे प्रतिबद्धता एवं घोषणापत्रमा सूर्यगढीमा पर्यटन प्रवर्द्धन गर्नका लागि नियमित सरसफाइ गरेर फोहर मैलाको उचित व्यवस्थापन गर्ने र आगामी आर्थिक वर्षमा गढीसहित यस आसपासमा रहेको खाली भूमिमा गुराँसको बिरुवा वृक्षारोपण गर्ने, सूर्यगढीको पहरामा नेपालको नक्सा अङ्कित सौन्दर्य झल्काउने आकर्षक कलाकृति बनाउने उल्लेख छ ।

हरित विकासलाई आत्मसात गर्ने, सूर्यगढीसहित आसपासमा रहेका चन्द्रगढीलगायत गढीमा हरेक वर्ष लाग्दै आएको डढेलो नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षा र स्वास्थ्यको विकास एवं गुणस्तरीय सेवाको लागि विशेष क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको सभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राईले जानकारी दिए ।

सूर्यगढीसहित यसका करिब आधा दर्जन गढी जीर्ण भएकाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्दै यसको प्रचारमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले एक हजार छ सय ७३ मिटर उचाइमा रहेको गढीमा गाउँसभा गरेर सरोकारवालाहरुको ध्यान केन्द्रित गराएको छ । 

इतिहासमा प्राप्त तथ्यअनुसार नेपाल–भोट (चीन) युद्धको क्रममा सूर्यगढीको महत्त्व उल्लेख छ । मूलडाँडो नुवाकोटलाई सुरक्षित आधार तयार गर्न वेत्रावती नदीलाई वरिपरिको किल्ला मजबुत बनाउन नेपाली सेनाले बनाएको यही गढीबाट नेपाली पक्ष विजय भएसँगै विसं १९४९ मा ऐतिहासिक वेत्रावती सन्धि भएको थियो । 

यस गढीबाट नुवाकोट, रसुवाको अधिकांश भूगोल प्रस्टसँग देख्न सकिन्छ भने लाङटाङ, गणेशसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : १५ बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको