सिरियाली अन्तरिम राष्ट्रपति  मंगलबार टर्कीए जाने « Khabarhub

सिरियाली अन्तरिम राष्ट्रपति  मंगलबार टर्कीए जाने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले गत डिसेम्बरमा बशर अल असदलाई सत्ताच्युत गरेपछि दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका लागि  मंगलबार टर्कीको भ्रमण गर्ने टर्कीएको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनले आइतबार साउदी अरबको भ्रमण गरी सिरियाको आफ्नो नेतृत्वलाई समर्थन र सहयोगका लागि कूटनीतिक पहल गरेका थिए । युद्धग्रस्त सिरियाले पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न र आफ्नो अर्थतन्त्रलाई पुनरुत्थान गर्न धनी खाडी मुलुकहरूलाई खोजिरहेको छ ।

“सिरियाली अन्तरिम राष्ट्रपति अल–शारा टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मंगलबार अंकाराको भ्रमण गर्नुहुनेछ,” राष्ट्रपति कार्यालयका सञ्चार प्रमुख फहरेटिन अल्टुनले सोमबार एक्समार्फत जानकारी दिए । 

शारासँग घनिष्ठ सम्बन्ध रहेको टर्कीएले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलेको छ र आफ्ना गुप्तचर प्रमुख र विदेशमन्त्रीलाई नयाँ नेतासँग वार्ताका लागि पठाएको छ ।

टर्कीएको राजधानी अंकारास्थित राष्ट्रपति भवनमा एर्दोआन र अल–शाराबीच हुने भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षाका लागि चाल्नुपर्ने संयुक्त कदममा केन्द्रित हुने अल्तुनले बताए। 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : ३७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन