स्वामिकार्तिक खापर गाउँपालिकामा तालाबन्दी, अध्यक्षमाथि भ्रष्टाचारको आरोप  « Khabarhub

स्वामिकार्तिक खापर गाउँपालिकामा तालाबन्दी, अध्यक्षमाथि भ्रष्टाचारको आरोप 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी – स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । पालिका अध्यक्ष भरतबहादुर रोकायाले कमिसनको चक्करमा भ्रष्टाचारको आरोपसहित छानबिनको माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले अध्यक्ष रोकायामाथि २ वर्षयता आर्थिक अनियमितता र कमिसनको आरोप लगाउँदै आएका छन् । 

पालिकाले डीपीआरको नाममा बर्सेनि ४० लाख रुपैयाँ खर्च गर्ने गरेको र त्यो रकम आफन्तलाई दिएर अध्यक्ष रोकायाले कमिसन लिने गरेको स्थानीयको आरोप छ । रोकायामाथि साना योजनामा समेत कमिसन माग्ने गरेको, कर्मचारीलाई दबाबमा राख्ने गरेको आरोप छ ।

भेटेर सम्झाउँदा, लिखित जानकारी गराउँदा, सर्वदलीय ध्यानाकर्षण गराउँदा समेत नमानेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको स्थानीय अगुवा मेघराज शाहीले बताए ।

‘एकलौटी मनोमानी छ । समान खरिद देखि निर्माणका कामहरू समेत भित्रीरुपमै सेटिग गरेर मिलाउने काम भइरहेको छ,’ शाहीले भने ।

उनकाअनुसार अध्यक्ष रोकायाले कर्मचारीबाट समेत रकम दिने गरेको दाबी छ । 

स्थानीयले ७ बुँदे लिखित पत्रसहित तालाबन्दी गरेका छन् । उपाध्यक्षमा पनि कांग्रेसबाटकै उम्मेदवार नैनादेवी जोशीले जितेकी थिइन् । पालिका भित्रका ५ वटा वडा मध्ये ३ वडा उनकै पक्षमा छन्। जोशीको मृत्युपछि उपनिर्वाचनबाट हाल नेकपा एमालेका उम्मेदवार सुलोचना भण्डारी बुढा उपाध्यक्ष बनेकी छन् । त्यो हुँदा पनि रोकाया कार्यपालिकामा बहुमतमै छन् । 

कार्यपालिकाभित्रको बहुमतको दम्भ र भ्रष्ट मानसिकताले काम गरेको भन्दै स्थानीय आक्रोशीत छन् । ठेक्कासमेत भित्रै मिलाउने, सामान खरिदमा टेण्डर नै नगर्ने, डीपीआरमा बर्सेनि लाखौँ रकम कुम्ल्याउने र पालिकाकै डोजरले बनाएको बाटोमा समेत आफूअनुकूल निर्माण कम्पनीलाई काम दिएर कमिसन लिने गरेको स्थानीयको आरोप छ । 

पालिकासँग आफ्नै डोजर छ । केही सडक निर्माण, मर्मतको काम पालिकाकै डोजरबाट हुन्छ, तर, पालिका अध्यक्ष रोकायाले कमिसनका लागि थप काम सिर्जना गर्ने र तेल समेत पालिकाको प्रयोग गरेर बजेट खर्च गर्ने गरेको दाबी बन्दकर्ताको छ । तालाबन्दी पूर्व उनीहरूले लिखित पत्र पालिकालाई बुझाएका थिए । 

रोकाया आएदेखि कुनै सामानको खरिद टेण्डर गरिएको छैन । सबै काम आन्तरिक रूपमै मिलाउने गरेको दाबी स्थानीयको छ । त्यसमा सम्बन्धित फाँटका कर्मचारी, लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको समेत मिलेमतो रहेको दाबी उनीहरूको छ । आफू खुसी निर्णय गरेर अध्यक्ष रोकायाले बर्सेनि ४० लाख डीपीआरमा लिएको स्थानीयले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । 

सहकारी स्थापना गरेर आर्थिक हिनामिना गरेको आरोप लागेका अध्यक्ष रोकायाले गाउँपालिकालाई कमाइखाने भाँडो बनाएको आरोप छ । अध्यक्ष रोकायाले कर्मचारी समेत आफू खुसी राख्ने र हटाउने गरेको देखिन्छ । प्राविधिक कर्मचारीलाई समेत साथमा लिएर काम नभएकै योजनामा बील बढी उठाउने र आर्थिक बदमासी गर्ने गरेको स्थानीय स्वयम बताउँछन् ।

सो आरोपमाथि छानबिन समिति नबनाएसम्म र अध्यक्षका मनोमानी नरोकिएसम्म तालाबन्दी जारी राख्ने स्थानीयले ध्यानाकर्षण पत्रमा लेखेका छन् । आफ्ना कार्यकर्ता र पार्टीमा पनि आफ्ना गुट निकटलाई मात्रै सहयोग गर्ने, कमिसन नपाएसम्म काम नै नगरिदिने नियत अध्यक्षको रहेको आरोप कांग्रेसकै स्थानीय नेता कार्यकर्ताको छ । 

हाल प्रमुख प्रकाशकीय अधिकृत पनि छैनन् । यस अघि पालिकाका अधिकृत अमर रावल थिए । बीचमा खाली छ । तर फागुन ५ गते रावलकै नाममा कार्यपालिकामा निर्णय भइसकेको छ । अध्यक्ष रोकाया माथिको आरोप विरोधका लागि मात्रै भएको अध्यक्ष भरत रोकायाको प्रतिक्रिया छ । 

मुक्तिकोठ फुडबैंक निर्माणको ठेकालाई लिएर विरोध गरिएको हो । आफूले पाउने अवस्था नभएपछि आक्रोश पोख्न तालाबन्दी गरिएको आरोप गाउँपालिका अध्यक्ष रोकायाको छ । कार्त्तिकमा ठेका खोलिएको हो । तीन वटा फर्म थिए । मिलाएर एकलाई दिन सकिने अवस्था नभएपछि प्रक्रिया अपुगको कारण देखाउँदै प्राविधिकले नै रद्द गरिसकेको छ । 

विना प्रमाण निराधार आरोप लगाएर चरित्र हत्या गर्ने बाहेक अरु कुनै विषय नभएको र पुष्टि गर्न अध्यक्ष रोकायाले चुनौती दिएका छन् । उनले स्वार्थलाई लिएर, केही सीमित व्यक्तिहरूले पालिकालाई दबाबमा राख्ने कुरा सह्य नहुने बताए । कमिसन खाएको, भ्रष्टाचार गरेको, ठेका मिलाएको आरोप गलत मात्रै नभई खराब नियतका साथ लगाएको हो, अध्यक्ष रोकायाले भने । 

ठेका मिलाउन, योजना दिन र आर्थिक लेनदेनको बार्गेनिङ गर्ने समूहले नै तालाबन्दी गरेको आरोप पालिका अध्यक्षको छ । अध्यक्ष रोकाया र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने गरी निर्णय गरिएका अमर रावल पालिकामा छैनन् । कामका लागि सदरमुकाम मार्तडी आएको समयमा तालाबन्दी गरिएको र त्यसबारे थप जानकारी लिने पालिकाले बताएको छ ।

स्थानीय तहप्रति पछिल्लो समय सर्वसाधारण आक्रोशित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीको शैली र कमिसन मोहले हैरान बनिसकेका छन् । सानो काम गर्न पनि कमिसनको लोभ देखाउने गरेको आरोप फाँटका सिनियर कर्मचारी र जनप्रतिनिधिलाई खुलेआम लाग्ने गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ४१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख