एमाले महासचिवको तर्क- झापा विद्रोहका बेलाको मानव हत्यामा केपी ओलीको असहमति थियो « Khabarhub

एमाले महासचिवको तर्क- झापा विद्रोहका बेलाको मानव हत्यामा केपी ओलीको असहमति थियो


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति गर्नेले विचारमा पार्टीलाई डोर्‍याउन सक्नु पर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पोखरेलले विचारविनाको नेता बन्न नसक्ने बताए ।

विचारविनाको नेता प्राविधिक रूपमा मात्रै नेता बन्ने उनको तर्क थियो । ‘केपी शर्मा ओली विचारसहितको नेता हो’, पोखरेलले अगाडि भने । पोखरेलले सम्बोधनका क्रममा ओलीले तत्कालीन अवस्थामा भएको झापा विद्रोहका क्रममा मानव हत्याविरुद्ध आफूलाई उभ्याएको उल्लेख गरे ।

‘केपी ओली झापा विद्रोहमा पनि मानव हत्याविरुद्ध असहमति राख्ने नेता हुनुहन्थ्यो’, उनले भने, ‘ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकारसमेत रहनुभएको थियो ।’

धैर्यता नगुमाउँदा विचारलाई स्थापित गराउन सकिन्छ भन्ने मान्यता ओलीले पुष्टि गरेको पनि महासचिव पोखरेलले जिकिर गरे ।

वि.सं. २०२८ को उत्तरार्द्धमा भएको झापा विद्रोहका क्रममा धर्म ढकालसहितको हत्या गरेको आरोप ओलीलाई लाग्ने गरेको छ । यस प्रकरणमा ओलीलाई जोड्दै उनकै योजना र निर्शेनमा उक्त घटना भएको आरोप लाग्ने गरेको छ ।

भारतको पश्चिम बङ्गाल राज्यस्थित नक्सलवाडीमा कानू सल्यान र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह थालिरहेका बेला त्यसबाट प्रभावित भएर नेपाली कम्युनिष्टहरूले पनि झापामा ‘वर्गशत्रु खतम अभियान’ चलाएका थिए ।

झापा विद्रोहका बेला कम्युनिष्टहरूले सामन्तको आरोप लगाएर केही सर्वसाधारण नागरिकको ज्यान लिएका थिए । त्यही विद्रोहमा सहभागी भएको आरोपमा तत्काली पञ्चायत सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी र रत्नकुमार बान्तवा लगायत नेताहरूको हत्या गरेको थियो । यस प्रकरणलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ भनिन्छ ।

पोखरेलले सम्बोधननका क्रममा ओली ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पनाकार रहेको भन्दै संगठित विचार र योजनाकार रहेको पनि बताए ।

‘केपी ओली सफल राजनीतिज्ञ र कुशल राज्य सञ्चालक हुनुभएको छ’, उनले भने, ‘राजनीतिसँगै शासकीय जीवनमा पनि उहाँ सफल नेता हो ।’

अहिले ओली जस्तो नेतामाथि पनि प्रहार र घेराबन्दी भएको पोखरेलले बताताए ।

‘नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र भएका कारण केपी ओलीमाथि सामाजिक सञ्जालमार्फत् आक्रमण गरिएको छ’, उनले भने, ‘काम गर्नेलाई अनुकूल वातावरण बनाउन भूमिका खेल्न नसक्ने हो भने राष्ट्रको विकास र समृद्धिको यात्रा अघि बढाउन निक्कै कठिन हुन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल