नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भन्छन्- साफ च्याम्पियन्सिपको उपाधि जिताउने योजना छ « Khabarhub

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भन्छन्- साफ च्याम्पियन्सिपको उपाधि जिताउने योजना छ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले टीमलाई बलियो बनाउदै अन्तराष्ट्रिय प्रतियोगीता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा गरेको अन्तर्क्रियामा उनले नेपाललाई एसियन कपमा छनोटदेखि साफ च्याम्पियनसिप लगायत अन्तराष्ट्रिय प्रतियोगिता जित्न ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपालमा फुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने बताए । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्न कठिन नभएको उनले बताए ।

उनले नेपाली टीममा केही सुधारको आवश्यकता देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलसहित मैदान उत्रिन जरुरी हुने बताए । आफ्नो कार्यकालमा दबाबमुक्त भएर टीमको विकासमा लाग्ने उनले जानकारी दिए ।

म्याट रोससँग नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोसलाई चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टीमलाई बलियो बनाएर अघि बढाउने विश्वास उनले व्यक्त गरे ।

म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन् । त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ०८ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा