विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू) « Khabarhub

विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू)


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोन सोमबार साँझ दशरथ रंगशालामा पुगेका छन् ।

करिब १५ हजार दर्शकमाझ उनी रंगशालाको ट्रयाकमा उत्रिए । उनले रंगशालाको ट्याक परिक्रमा गर्दा दर्शहरूले हुटिङसहित स्वागत गरे ।

एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनी आएका हुन् ।

इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ दशरथ रंगशालामा हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ३६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६