ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणा : कुन देशको सामानमा कति कर ? « Khabarhub

ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणा : कुन देशको सामानमा कति कर ?


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्।

कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको छ। यो निर्णय ९ अप्रिलबाट लागू हुनेछ। ट्रम्पले बेलायतबाट अमेरिकामा पुग्ने सामानमा १० प्रतिशत करको निर्णय गरेका छन् भने युरोपेली युनियनबाट जाने सामानमा २० प्रतिशत करको निर्णय गरेका छन्।

मध्यरातदेखि नै लागु हुने गरी विदेशी सवारी साधनमा २५ प्रतिशत करको निर्णय गरे। रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले यसलाई स्वतन्त्रता दिवसको घोषणा भन्दै अमेरिकामा नयाँ युगको सुरुवात भएको समेत बताए।

मेक्सिकोपछि सबै भन्दा धेरै अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा उनले ५४ प्रतिशतसम्म करको निर्णय गरेका छन्। यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ। रिपब्लिकले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् भने डेमोक्र्याटले अमेरिकाको आर्थिक अवस्था ओरालो बाटोमा जान सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको यो नीतिले विश्व व्यापारको शैलीलाई नै परिवर्तन गरेको बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ५३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट