ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणा : कुन देशको सामानमा कति कर ? « Khabarhub

ट्रम्पले गरे १० देखि ५४ प्रतिशतसम्म करको घोषणा : कुन देशको सामानमा कति कर ?


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्।

कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको छ। यो निर्णय ९ अप्रिलबाट लागू हुनेछ। ट्रम्पले बेलायतबाट अमेरिकामा पुग्ने सामानमा १० प्रतिशत करको निर्णय गरेका छन् भने युरोपेली युनियनबाट जाने सामानमा २० प्रतिशत करको निर्णय गरेका छन्।

मध्यरातदेखि नै लागु हुने गरी विदेशी सवारी साधनमा २५ प्रतिशत करको निर्णय गरे। रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले यसलाई स्वतन्त्रता दिवसको घोषणा भन्दै अमेरिकामा नयाँ युगको सुरुवात भएको समेत बताए।

मेक्सिकोपछि सबै भन्दा धेरै अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा उनले ५४ प्रतिशतसम्म करको निर्णय गरेका छन्। यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ। रिपब्लिकले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् भने डेमोक्र्याटले अमेरिकाको आर्थिक अवस्था ओरालो बाटोमा जान सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको यो नीतिले विश्व व्यापारको शैलीलाई नै परिवर्तन गरेको बताएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ५३ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)