कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं, कार्यकक्षमा भने ताला « Khabarhub

कार्यपालिका सदस्यको कार्यकक्षमा प्रशासकीय अधिकृत गुरागाईं, कार्यकक्षमा भने ताला


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घम्साघम्सीबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् ।

उनलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीले तीन महिनादेखि तलब खान पाएका छैनन् ।

यो अवस्थामा वडाअध्यक्ष र कर्मचारीको जोडबलमा प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् ।

यद्यपि मेयर बालेन्द्र शाहको सचिवालयले गुरागाईंको कार्यकक्षमा ताला लगाएको छ । ताला लगाएका कारण उनी अहिले कार्यपालिका सदस्यको कार्यकक्षमा बसिरहेका छन् ।

कार्यालय छिरे पनि कर्मचारीमाथि नगर प्रहरीले धरपकड कोसिस गरिरहेको छ। काठमाडौं टावर निर्माण अघि बढाउन अनियमित रुपमा अनुमति दिएको आरोपमा बालेनले उनलाई कार्यकक्षमा हाजिर हुन दिएका थिएनन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ११ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते