गण्डकी विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयको कुलपति छनोट समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गरेको छ । तीमध्ये एक जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ ।

विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका  छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्य द्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई तीन जनाको नाम समावेश गरिएको बन्द खाममा हस्तान्तरण गरेका हुन् । 

प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरिएकोमा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।  

२ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । 

स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी पाच जनामध्येबाट तीन जनाको नाम सिफारिस भएको छ ।

विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार, कुलपति पदका लागि आवेदन दिएका र स्वीकृति पाएका उम्मेदवारले अब प्रस्तुतीकरण र अन्तर्वार्ताका चरणहरू पार गर्नुपर्छ । ५ जनाले यी चरण पार गरेपछि बुधबार रातिसम्म काम गरेर समितिले नाम सिफारिस गरेको हो । 

कुलपति पदका उम्मेदवारहरूले आफ्नो योग्यता, अनुभव र भविष्यको कार्य योजनाबारे प्रस्तुतीकरण गर्ने अवसर पाएका थिए । 

गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : २६ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज