गण्डकी विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयको कुलपति छनोट समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गरेको छ । तीमध्ये एक जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले नियुक्तिको निर्णय गर्ने छ ।

विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका  छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्य द्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई तीन जनाको नाम समावेश गरिएको बन्द खाममा हस्तान्तरण गरेका हुन् । 

प्रस्तुतीकरण र अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरिएकोमा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।  

२ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । ७ जनाको आवेदन परेको भए पनि ५ जनाको दरखास्त स्वीकृत भएको थियो । 

स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् । यी पाच जनामध्येबाट तीन जनाको नाम सिफारिस भएको छ ।

विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार, कुलपति पदका लागि आवेदन दिएका र स्वीकृति पाएका उम्मेदवारले अब प्रस्तुतीकरण र अन्तर्वार्ताका चरणहरू पार गर्नुपर्छ । ५ जनाले यी चरण पार गरेपछि बुधबार रातिसम्म काम गरेर समितिले नाम सिफारिस गरेको हो । 

कुलपति पदका उम्मेदवारहरूले आफ्नो योग्यता, अनुभव र भविष्यको कार्य योजनाबारे प्रस्तुतीकरण गर्ने अवसर पाएका थिए । 

गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : २६ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा