बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान « Khabarhub

बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिनेछन्, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् ।

सम्मेलनमा बिम्स्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्याण्डका उच्च प्रतिनिधि सहभागी हुन बैङ्कक पुगिसकेका छन् । बङ्गलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् ।

सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीपदबाट हटाएपछि उनी नयाँ दिल्लीमा शरण लिन पुगेकी थिइन् । हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार बिजेता युनुसले बङ्गलादेशको बागडोर सम्हालेका थिए ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनी प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबीचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् । भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेका छन् ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलङ्का जाने बताएका छन् ।

श्रीलङ्काको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलङ्काको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ । गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि