बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान | Khabarhub Khabarhub

बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिनेछन्, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् ।

सम्मेलनमा बिम्स्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्याण्डका उच्च प्रतिनिधि सहभागी हुन बैङ्कक पुगिसकेका छन् । बङ्गलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् ।

सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीपदबाट हटाएपछि उनी नयाँ दिल्लीमा शरण लिन पुगेकी थिइन् । हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार बिजेता युनुसले बङ्गलादेशको बागडोर सम्हालेका थिए ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनी प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबीचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् । भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेका छन् ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलङ्का जाने बताएका छन् ।

श्रीलङ्काको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलङ्काको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ । गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५६ बजे

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनितिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा