महानगरको कार्यालयबाट बाहिरिए राजुनाथसहितका नगर प्रहरी « Khabarhub

महानगरको कार्यालयबाट बाहिरिए राजुनाथसहितका नगर प्रहरी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर वडाध्यक्ष र कर्मचारीसँग घम्साघम्सी गरेका नगर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको कार्यालय भवनबाट पाण्डेसहितका सबै नगरप्रहरी बाहिर निस्किएका हुन् ।

उपमेयर सुनिता डंगोल नेतृत्वमा कार्यपालिका बैठक बसिरहेका बेला नगरप्रहरीको टोली कार्यालयबाट बाहिरिएको हो ।

‘उहाँहरूले निर्णय गरिसकेपछि बोलौँला । प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्न भनिएको थियो। तर मेयरको आदेश नआएसम्म खोल्ने कुरा भएन’, उनले भने, ‘यस विषयमा अहिले म केही पनि प्रतिक्रिया दिन्न ।’

उनले यति भनिसकेपछि सबै नगरप्रहरी निस्किएर हिँडेका हुन् । सुरूमा पाण्डेसहितका नगरप्रहरी गुरागाईंलाई रोक्न कार्यालयको गेटमा तैनाथ भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते