बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते « Khabarhub

बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नं ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग१ज ६१०० नम्बरको जीप बिहीबार बिहान ११ बजे खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका ११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेर घाइते भएका रानाको उपचारको क्रममा गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं ५ सर्दाखेतका २२ वर्षीय चालक राजन विक, गलकोट ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार, गलकोट ३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । घाइते तीन नै जना गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कच्ची सडकमा जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेको हो । घटनाको खरब लगत्तै प्रहरी चौकी हटियाको टोली र स्थानीयले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको निधार, गाला, हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ५५ बजे

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल