लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय « Khabarhub

लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं- गर्मी मौसमको सबैभन्दा ठुलो समस्या मध्ये एक हो, लामखुट्टेको टोकाइ । यस मौसममा लामखुट्टेहरू बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट विभिन्न रोग लाग्ने गर्दछ ।

लामखुट्टेको भगाउने अनेकौँ धूप र लिक्विडहरू नभएका होइनन् । तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ । तसर्थ लामखुट्टे भगाउन केही घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ ।

लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखा पर्छ, जसका कारण उनीहरू निकै चिढचिढा हुने र रिस उठ्ने पनि हुन्छ ।  यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । 

केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईँका लागि धेरै लाभदायक र प्रभावकारी साबित हुनेछ। हामी  यसको बारेमा विस्तृत जानकारी दिनेछौँ ।

पुदिनाको पात

राम्रो नतिजाको लागि घरको कुनामा पुदिनाको पात राख्नुहोस्, यसको सुगन्धले लामखुट्टेलाई तपाईँको घरमा प्रवेश गर्नबाट रोक्छ। यसबाहेक तपाईँ आफ्नो घरमा पुदिना तेल छर्कन पनि सक्नु हुन्छ।

लसुन

यदि तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने नआत्तिनुहोस् । यसका लागि लसुनको रसलाई पानीमा मिसाएर घरमा स्प्रेको रूपमा छर्कन सक्नु हुन्छ । यी घरेलु उपायहरू तपाईँका लागि धेरै लाभदायक छन्।

तुलसीको पात

यो एक धेरै राम्रो प्राकृतिक उपचार हो, जसको कारण लामखुट्टे तपाईँको कोठाबाट भाग्छन्। यसका लागि आफ्नो घर वा कोठामा तुलसीको पात राख्नु होस् र त्यसपछि यसको प्रभाव हेर्नुहोस्।

निम

नीमको पात जलाएर वा पानी छर्कने गर्दा लामखुट्टे छिट्टै घरबाट भाग्छन् । यस्तो घरेलु उपाय गरेर मच्छर वा लामखुट्टे भगाउन सक्नु हुन्छ । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ३३ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी