राष्ट्रसङ्घीय अधिकारी भन्छन्, ‘गाजा मृत्युको जाल बन्यो’ « Khabarhub

राष्ट्रसङ्घीय अधिकारी भन्छन्, ‘गाजा मृत्युको जाल बन्यो’


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक निर्देशक ह्विटलले बुधबार गाजामा ‘रगत, पीडा र मृत्युको अनन्त चक्र’ चलिरहेको बताएका हुन् ।

ह्विटलले संयुक्त राष्ट्र परिसरमा नै ट्याङ्कमा आगलागी हुदाँ आफ्ना सहकर्मीको मृत्यु भएको तथा अन्य गम्भीर घाइते भएको बताएका थिए । उनले चरम द्वन्द्वका कारण अन्तर्राष्ट्रिय सहायता र अस्पतालहरू प्रभावित भएको बताएका छन् ।

मानवीयताका आधारमा सहयोग गरिएका गाडीहरूमा द्वन्द्वमा मारिएका मानिसहरु बोक्न प्रयोग गर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै खाद्यान्न वितरण स्थलमा बम प्रहार गरि सहायता कर्मीहरूको हत्या हुनु निन्दनीय भएको उनले बताएका छन् ।

युद्धविराम अवधि सकिएपछि जबरजस्ती विस्थापनको आदेश जारी हुदाँ पछिल्ला दुई दिनमा मात्रै एक लाख मानिसहरू रफाहबाट विस्थापित भएको ह्विटलले बताए ।

गाजामा बढ्दो युद्व चक्रबाट मानिसहरूको निरन्तर मृत्यु भएकोमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘युद्धविराम पछि मानिसको हत्या भएको घटनाको निन्दा गरेको’ उनका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

मार्च २३ मा इजरायली सेनाले गरेको आक्रमणका कारण १५ जना मेडिकल कर्मचारी तथा मानवतावादीको मृत्युबाट महासचिव गुटेर्रेस स्तब्ध भएको उनले बताएका छन् । उनका अनुसार गुटेर्रेसले युद्धविराम, तत्काल बन्धकहरूको बिना शर्त रिहाइ र गाजामा निर्बाध मानवीय पहुँचको लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ४३ बजे

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)