कर्मचारीको गुनासो- बालेन राजा जस्ता भए, कुरै सुन्दैनन्, भेट्न मान्दैनन्, हामीले तीन महिनादेखि तलब पाएनौँ | Khabarhub Khabarhub

कर्मचारीको गुनासो- बालेन राजा जस्ता भए, कुरै सुन्दैनन्, भेट्न मान्दैनन्, हामीले तीन महिनादेखि तलब पाएनौँ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारी पहिलो पटक मेयर बालेन्द्र साहविरुद्ध उत्रिएका छन् । यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरूसँग रहेको द्वन्द्व अब कर्मचारीसम्म पुगेको हो ।

बिहीबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर बालेन्द्रको पक्षमा नगर प्रहरी मात्रै देखिए । उता ३ महिना १४ दिनपछि कार्यालयमा फर्किएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पक्षमा सबै वडाध्यक्ष र कर्मचारी पनि एकजुट थिए । काठमाडौं महानगरमै करिब ३५ सय कर्मचारी कार्यरत छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न नगरप्रहरी उत्रिएपछि कार्यालयभित्रै दुई पक्षबीच हात हालाहालको अवस्था भयो ।

कार्यालयमा तनाव भइरहँदा मेयर साह भने त्यहाँ थिएनन् । उनीमाथि उपमेयर सुनिता डंगोलले कुनै कोठामा बसेर महानगर चलाउन खोजेको आरोप लगाइन् ।

तलब माग्दै आन्दोलित भएकामध्ये एकजना कर्मचारी थिए काठमाडौं महानगर वातावरण विभागका मत्ताबाबु मालाकार । नगरप्रहरीहरू कर्मचारीतिर जाइ लागेपछि ३४ वर्षदेखि काठमाडौं महानगरमा कार्यरत उनी आक्रोशित भए ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले धकेलेर निकाल्न खोजेपछि उनी आफू भिड्न तयार रहेको भन्दै सुरिए । ‘तपाईंलाई तलब नचाहिने हो ? तपाईंका पनि बालबच्चा छन् । विभिन्न चाडपर्व आइरहेका छन्’, उनले पाण्डेलाई भने, ‘मेयर बालेन्द्र साह राजा-महाराजा जस्तो हुनुहुन्छ । हामीले तलब माग्न भेट्न खोज्दा, समस्या राख्न भेट्न खोज्दा सचिवालयले कहिल्यै दिँदैन । मैले यहाँ जागिर गरेको ३४ वर्ष भइसक्यो, तर यस्तो राजा-महाराजा जस्तो मेयर देखेको थिइनँ ।’

उनले बालेनको भिजन र विकास निर्माणमा आफूहरूले निरन्तर साथ दिइरहेको बताए । ‘बालेनको विकास निर्माणमा हामी सघाउँछौँ, सघाइरहेका छौँ’, उनले भने, ‘तर हामीले उहाँलाई कहिले भेट्न पाएनौँ, हाम्रा समस्या राख्न पाएनौँ । हामीमाथि ज्यादती भयो । इतिहासमा पहिलो पटक मेयरले यसरी दादागिरी देखाए ।’

उनले आफूहरूले तलब माग्दै शान्तिपूर्ण आन्दोलन गरेको बताए । ‘तलब नपाएको चार महिना हुन लाग्यो । अझै मेयरले नगर प्रहरी लगाएर बल प्रयोग गर्न खोज्ने ? उहाँहरूले सबैको समस्या एकै हो भन्ने बुझ्नुपर्छ । हाम्रो मात्रै तलब दिएर उहाँहरू (नगर प्रहरी) को नदिने हो र ?’, उनले भने, ‘विकास निर्माण ठप्प छ, ठेक्कासमेत लागेको छैन । मेयर-उपमेयर सबैजना विकास निर्माणमा एकजुट छौँ । हामीले राति भन्यो राति, दिउँसो भन्दा दिउँसो काम गरेका छौँ ।’

उनले सहर सफा गर्ने दायित्व सबैको भएको बताउँदै तलब नपाउँदा कामै गर्न नसकिएको गुनासो गरे । ‘तलब खान पाएनौँ । उहाँ राजा-महाराजा जस्तो हुनु हुन्छ । उहाँ कार्यालयमै आउनु हुन्न। तीन महिना भयो, तलब नपाएको धैर्य भएर बसेका छौँ’, उनले भने, ‘संघीय सरकार, केन्द्र सरकारसँग उहाँको लडाइँ होला । उहाँको लडाइँ के हो हामीलाई थाहा छैन । हामी यहाँ कुस्ती खेल्न आएको होइन, तलब माग्न मात्रै आएका हौँ ।’

उनले आफूहरूलाई तलब मात्रै चाहिएको बताए । ‘तलब चाहियो, हामीलाई अरू मतलब छैन । तपाईंहरूलाई पनि तलब चाहिन्छ’, उनले भने, ‘बालेन मेयरला एक पटक पनि भेट्न पाइएको छैन । उहाँ बाटोमा आउँदा दर्शन गर्छौँ ।’

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ५१ बजे

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण

काठमाडौं – “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्)

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी