गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा « Khabarhub

गण्डकी नीति तथा योजना आयोगका दुई सदस्यले दिए राजीनामा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त भएका दीपक भण्डारीले चैत १७ गते राजीनामा दिएका हुन् । तिम्सिना गत असार २१ गते र त्यसको १ महिनापछि भण्डारी नियुक्त भएका थिए ।

सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले सत्ताको साँचो दरिलो पार्न तत्कालीन समयमा समाजवादीबाट तिम्सिनालाई नियुक्त गरेका थिए । 

केन्द्रीय राजनीतिमा आएको फेरबदलपछि पनि मुख्यमन्त्री पाण्डेले प्रदेशलाई एमालेलाई त्यति सारो वास्ता नगरी राप्रपाका दीपक भण्डारीलाई योजना आयोगमा ल्याएका थिए । एमालेले त्यति बेलै मन अमिल्याए पनि बाहिर भने केही व्यक्त गरेको थिए ।

अहिले प्रदेशको विश्वविद्यालय र अन्य निकायहरूमा धमाधम नियुक्तिका बेला सत्ता साझेदार एमालेको दबाबमा मुख्यमन्त्रीले योजना आयोगका सदस्य फेर्न लागेका हुन् । सरकारले बाहिरिन संकेत गरेपछि दुवै सदस्यले एकै दिन राजीनामा बुझाएका हुन् ।

अब रिक्त ती २ पदमा कांग्रेस एमालेले भागबन्डा गर्नेछन् । महिला सदस्य कांग्रेसका भागमा परेको छ भने अर्को एक सदस्य एमालेको भागमा परेको छ । आयोगमा कम्तीमा १ जना महिला सदस्य अनिवार्य रहने गरी गठनादेश बनाइएको छ । एमालेले सदस्यमा नियुक्त गर्ने नाम टुङ्ग्याइसके पनि कांग्रेसबाट भने टुंगिन बाँकी छ ।

उपाध्यक्षमा मुख्यमन्त्री पाण्डेले गत जेठ १७ गते नै गोरखाका डा कृष्णचन्द्र देवकोटालाई दोहोर्‍याएका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  २ : ०१ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका