चितवन र मकवानपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु « Khabarhub

चितवन र मकवानपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– दुई जिल्लाका केही वडामा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । चितवन र मकवानपुरका पाँच वडामा यो कार्यक्रम सुरु गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
 
मकवानपुरका तीन स्थानीय तहका चार वडा र भरतपुर महानगरपालिकाको एउटा वडा छनोट भएर कार्यक्रम सुरु गरिएको छ । 

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार भरतपुरको वडा नं २४ मा तरकारीखेती प्रवर्द्धन, मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा किबीखेती प्रवर्द्धन, इन्द्रसरोवर गाउँपालिका–४ मा तरकारीखेती, हेटौँडा वडा नं १ मा कोदो प्रवर्द्धन, वडा नं १३ मा मेवाखेती प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

वडाभित्र लक्षित कृषक समूह र लक्षित समुदायको छनोट गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कँडेलले बताउनुभयो । प्रत्येक वडामा रु ४० लाखका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

परियोजनाको कुल लागतको ६० प्रतिशत प्रदेश सरकार, २० प्रतिशत सम्बन्धित पालिकाले र २० प्रतिशत लक्षित कृषक समुदायले लगानी गर्नुपर्ने हुन्छ । अहिले सो कार्यक्रम मकवानपुरको भीमफेदी र इन्द्र सरोवरमा सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको छ ।

कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार हेटौँडा वडा नं १३ मा सम्झौताको चरणमा रहेको छ । यस कार्यक्रमलाई उत्पादन सामग्री तथा प्रविधि सहयोग, कृषकको क्षमता विकास तथा प्रविधि प्रसार, कृषि यान्त्रिकीकरण प्रवर्द्धन सहयोग गर्ने गरी कार्यक्रम लागू गर्न लागिएको हो ।

 सिँचाइको व्यवस्थापन, संरक्षित संरचना तथा कृषि पूर्वाधार निर्माणमा यस कार्यक्रमले सहयोग गर्नेछ ।  सुरुआतमा तीन वडामा कार्यक्रम लागू गर्न बजेट विनियोजन गरिएको भए पनि पछि दुई वडा थप भएको उनले बताए ।

कार्यक्रम पाँच वर्ष सञ्चालन हुने भएकाले हरेक वर्ष ४० लाख रुपैयाँ का दरले प्रदेश सरकारले बजेट विनियोजन गर्ने उनले बताए । पहिलो चरणको कार्यक्रममा सम्झौता हुन नसकेका वडा पछिल्ला वर्ष आउने यस्ता कार्यक्रमका लागि छनोट नगरिने उनले बताए । 

समूह छनोटका लागि स्थानीय वडा कार्यालय र सम्बन्धित स्थानीय तहको कृषि शाखाले सिफारिस गर्नेछ ।
 

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ३ : २५ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका