चितवन र मकवानपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु « Khabarhub

चितवन र मकवानपुरमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– दुई जिल्लाका केही वडामा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । चितवन र मकवानपुरका पाँच वडामा यो कार्यक्रम सुरु गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
 
मकवानपुरका तीन स्थानीय तहका चार वडा र भरतपुर महानगरपालिकाको एउटा वडा छनोट भएर कार्यक्रम सुरु गरिएको छ । 

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार भरतपुरको वडा नं २४ मा तरकारीखेती प्रवर्द्धन, मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा किबीखेती प्रवर्द्धन, इन्द्रसरोवर गाउँपालिका–४ मा तरकारीखेती, हेटौँडा वडा नं १ मा कोदो प्रवर्द्धन, वडा नं १३ मा मेवाखेती प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

वडाभित्र लक्षित कृषक समूह र लक्षित समुदायको छनोट गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कँडेलले बताउनुभयो । प्रत्येक वडामा रु ४० लाखका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

परियोजनाको कुल लागतको ६० प्रतिशत प्रदेश सरकार, २० प्रतिशत सम्बन्धित पालिकाले र २० प्रतिशत लक्षित कृषक समुदायले लगानी गर्नुपर्ने हुन्छ । अहिले सो कार्यक्रम मकवानपुरको भीमफेदी र इन्द्र सरोवरमा सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको छ ।

कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार हेटौँडा वडा नं १३ मा सम्झौताको चरणमा रहेको छ । यस कार्यक्रमलाई उत्पादन सामग्री तथा प्रविधि सहयोग, कृषकको क्षमता विकास तथा प्रविधि प्रसार, कृषि यान्त्रिकीकरण प्रवर्द्धन सहयोग गर्ने गरी कार्यक्रम लागू गर्न लागिएको हो ।

 सिँचाइको व्यवस्थापन, संरक्षित संरचना तथा कृषि पूर्वाधार निर्माणमा यस कार्यक्रमले सहयोग गर्नेछ ।  सुरुआतमा तीन वडामा कार्यक्रम लागू गर्न बजेट विनियोजन गरिएको भए पनि पछि दुई वडा थप भएको उनले बताए ।

कार्यक्रम पाँच वर्ष सञ्चालन हुने भएकाले हरेक वर्ष ४० लाख रुपैयाँ का दरले प्रदेश सरकारले बजेट विनियोजन गर्ने उनले बताए । पहिलो चरणको कार्यक्रममा सम्झौता हुन नसकेका वडा पछिल्ला वर्ष आउने यस्ता कार्यक्रमका लागि छनोट नगरिने उनले बताए । 

समूह छनोटका लागि स्थानीय वडा कार्यालय र सम्बन्धित स्थानीय तहको कृषि शाखाले सिफारिस गर्नेछ ।
 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ३ : २५ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्