काठमाडौंका नदी र खोलाबाट १४३ मेट्रिक टन फोहोर सङ्कलन « Khabarhub

काठमाडौंका नदी र खोलाबाट १४३ मेट्रिक टन फोहोर सङ्कलन


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’ सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन गरेको छ ।

 उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।
 
नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ । यो परियोजना साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ । 

परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । सो परियोजना अन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा बायोकम्प नेपालका प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सर– सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहोर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको अवगत गराए ।
 
सङ्कलित कम गुणस्तरका प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र सिमरामा हालै स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिनेछ । यस अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरका प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ ।
 
कार्यक्रममा काठमाडौं महानगरपालिका– वातावरण विभागबाट सानुमैया महर्जन, ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष राजेशकुमार महर्जन र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाइ जागरण, रेडक्रस सर्कल, नेप्सेम्याकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

यस अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरिसकेको छ । यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र दिगो प्लास्टिक फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ । यस प्रविधिले वातावरणीय चुनौतीलाई परिपत्र अर्थतन्त्रका अवसरमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ३ : ३४ बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी