आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा « Khabarhub

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

गत बुधबारदेखी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीलाई वार्ता र संवादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन् ।

विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । 

हिजोबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधबार देखी शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको भोलीपल्ट मन्त्रालयले वार्तामा बोलाएको हो ।

शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : ०१ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)