सामाजिक परिचालिकाको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोड « Khabarhub

सामाजिक परिचालिकाको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोड


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ‘सामाजिक परिचालिका’ हरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदहरूले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतित गरी विगत २३ वर्षदेखि सरकारको जिम्मेवार निकायमा सेवा गरेका २१० जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिएका हुन्  ।

सांसद रोशन कार्कीले सरकारले सामाजिक परिचालिकाको श्रम शोषण गर्न नहुने उल्लेख गर्दै पीडित परिचालिकाहरूसँग आवश्यक छलफलपछि सरकारले श्रमको सम्मान हुने गरी नीति बनाएर व्यवस्थापन गर्नुपर्ने बताए । सामाजिक परिचालिकाको समस्या समाधान स्थानीय र प्रदेश सरकारले भन्दा पनि सङ्घीय सरकारले गर्नुपर्ने उनको भनाइ छ । 

सांसद सुशीला श्रीमाइली ठकुरीले परिचालिकाबारे प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर समस्या समाधानको पहल गर्नुपर्ने धारणा राखिन् । सांसद लक्ष्मी तिवारीले परिचालिकाको समस्यालाई लिएर एक मन्त्रालयले अर्कोलाई देखाउँदै पन्छाउनेभन्दा सरोकार भएका निकायबीच छलफल गरी समाधान खोज्नुपर्ने बताइन् । सांसद सरस्वती बजिमयले सामाजिक पहिचालिकालाई सरकारले अन्याय गरेको भन्दै सहज समाधानको उपाय अपनाउनुपर्नेमा जोड दिइन्  । 

सोही अवसरमा महिला सामाजिक परिचारिका राष्ट्रिय अभियानका संयोजक कविता सोडारीले उमेर पुगेर सेवामा फर्किन नचाहनेहरूका लागि हालसम्मको योगदानबापतको रकम दिनुपर्ने माग गरिन्  । महिला विकास कर्मचारीलाई जस्तै सामाजिक परिचालिकाबीच पनि आन्तरिक प्रतिस्पर्धा गराई समेटिनुपर्ने उनको भनाइ छ । 

‘सेवाबाट वञ्चित गराइएकालाई सेवा निरन्तरता दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालले तत्काल बजेटसहितका कार्यक्रम सञ्चालन गर्नुपर्छ । सम्पर्क, समन्वय र सहजकर्ताका रूपमा लक्षित वर्ग तथा समुदायको हकमा कार्यरत सामाजिक परिचालिकाहरूलाई सेवामा फर्काइनुपर्छ । हरेक पालिकमा महिला विकास कार्यक्रममार्फत पुनर्जागरण अभियान सञ्चालन गरी तत्काल सेवामा जोडिनु/समेटिनु पर्छ’, उनले भने ।

हाल सामाजिक परिचालिकाको कार्यरत अवस्था, श्रेणी र पारिश्रमिकतामा एकरुपता नभएको हुनाले कार्यविधि बनाएर साबिकको स्थानीय विकास मन्त्रालयअन्तर्गत छौटौँ र सातौँ (वरिष्ठ सामाजिक परिचारिका) पद/श्रेणी कायम हुनुपर्ने सामाजिक परिचालिकाको माग छ । 

महिला विकास कार्यक्रम र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको निर्देशिकाबमोजिम नियुक्त भएका महिलालाई पनि सोही सरह कायम गरी विभेद अन्त्य गरिनुपर्ने परिचालिकाको माग छ । 
 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : १० बजे

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता