चितवनका छ सय महिलाको पाठेघरको परीक्षण « Khabarhub

चितवनका छ सय महिलाको पाठेघरको परीक्षण


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरूको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो ।
 
कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, माडी नगरपालिकाको रमाइलोडाँडा  तथा कालिका नगरपालिकाको सिद्धिमा परीक्षण गरिएको थियो । 

सो क्रममा ५३१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने अन्यको पाठेघरमा भएका विभिन्न समस्याको परीक्षण गरिएको चापागाईंले बताइन् ।

उनका अनुसार परीक्षण गरिएकामध्ये चार जनामा पाठेघरको मुखको क्यान्सर देखिएको र तीन जनामा क्यान्सरको आशङ्का गरी परीक्षणका लागि पठाइएको छ । 

यस्तै, दुई जनामा स्तन क्यान्सर, छ जनाको पाठेघर खसेको पाइएको र उनीहरूको उपचार गराइएको छ । छ जनाको पाठेघरको शल्यक्रियाका लागि पठाइएको, चार जनामा पाठेघरको मुखमा घाउ भएको पाइएको, नौ महिलाको पिसाब थैली तल झरेको पाइएको चापागाईंले बताइन् । 

उनका अनुसार चार जनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्न सक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : २९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७