चितवनका छ सय महिलाको पाठेघरको परीक्षण « Khabarhub

चितवनका छ सय महिलाको पाठेघरको परीक्षण


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरूको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो ।
 
कार्यालयकी पब्लिक हेल्थ नर्स निरीक्षक नन्दकली चापागाइँका अनुसार राप्ती नगरपालिकाको लोथर, रत्न नगरपालिकाको बछौली, भरतपुर महानगरपालिकाको मेघौली र गौरीगञ्ज, माडी नगरपालिकाको रमाइलोडाँडा  तथा कालिका नगरपालिकाको सिद्धिमा परीक्षण गरिएको थियो । 

सो क्रममा ५३१ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो भने अन्यको पाठेघरमा भएका विभिन्न समस्याको परीक्षण गरिएको चापागाईंले बताइन् ।

उनका अनुसार परीक्षण गरिएकामध्ये चार जनामा पाठेघरको मुखको क्यान्सर देखिएको र तीन जनामा क्यान्सरको आशङ्का गरी परीक्षणका लागि पठाइएको छ । 

यस्तै, दुई जनामा स्तन क्यान्सर, छ जनाको पाठेघर खसेको पाइएको र उनीहरूको उपचार गराइएको छ । छ जनाको पाठेघरको शल्यक्रियाका लागि पठाइएको, चार जनामा पाठेघरको मुखमा घाउ भएको पाइएको, नौ महिलाको पिसाब थैली तल झरेको पाइएको चापागाईंले बताइन् । 

उनका अनुसार चार जनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्न सक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : २९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)