भोजपुरमा फुसको छाना विस्थापित अभियान सुरु « Khabarhub

भोजपुरमा फुसको छाना विस्थापित अभियान सुरु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–८ ले फुसको छाना विस्थापित अभियान सुरु गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमबाट तीन घरको फुसको छाना हटाएर टिनको छाना लगाएको छ । 

वडामा आएको बजेटबाट फुसको छाना हटाउने अभियान थालेको वडाध्यक्ष नवीन प्रधानले बताए । यस आर्थिक वर्षमा विनियोजन गरिएको डेढ लाख रुपैयाँबाट वडावासी भिमा तामाङ, कुमार तामाङ र स्याउमाया तामाङको घरको फुसको छाना हटाएर जस्ता लगाइएको वडाध्यक्ष प्रधानले जानकारी दिए । 

कार्यक्रमका लागि छनोट भएका तीन घरका लागि वडाको बजेटबाट जस्तापाता खरिद गरी सम्बन्धित लाभग्राहीले काठ र श्रमदान उपलब्ध गराएका थिए । 

योसँगै वडामा अब फुसको छानो भएको घर पूर्णरुपमा नरहेको वडाध्यक्ष प्रधानको भनाइ छ । वडाध्यक्ष प्रधानले भने, ‘फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुने र त्यसबाट धनजनको क्षति हुने, बर्सेनि परालको छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी वडामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।’

वडाको सहयोगमा घरमा जस्ताको छानो लगाउन पाएकामा स्थानीयसमेत खुसी भएका छन् । ‘घरमा जस्ताको छानो लगाइएको छ, अब भने बर्सेनि फुसको छानो छाउनुपर्ने बाध्यता हटेको छ’, लाभग्राही कुमारले भने । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : ३६ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने