भोजपुरमा फुसको छाना विस्थापित अभियान सुरु « Khabarhub

भोजपुरमा फुसको छाना विस्थापित अभियान सुरु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–८ ले फुसको छाना विस्थापित अभियान सुरु गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमबाट तीन घरको फुसको छाना हटाएर टिनको छाना लगाएको छ । 

वडामा आएको बजेटबाट फुसको छाना हटाउने अभियान थालेको वडाध्यक्ष नवीन प्रधानले बताए । यस आर्थिक वर्षमा विनियोजन गरिएको डेढ लाख रुपैयाँबाट वडावासी भिमा तामाङ, कुमार तामाङ र स्याउमाया तामाङको घरको फुसको छाना हटाएर जस्ता लगाइएको वडाध्यक्ष प्रधानले जानकारी दिए । 

कार्यक्रमका लागि छनोट भएका तीन घरका लागि वडाको बजेटबाट जस्तापाता खरिद गरी सम्बन्धित लाभग्राहीले काठ र श्रमदान उपलब्ध गराएका थिए । 

योसँगै वडामा अब फुसको छानो भएको घर पूर्णरुपमा नरहेको वडाध्यक्ष प्रधानको भनाइ छ । वडाध्यक्ष प्रधानले भने, ‘फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुने र त्यसबाट धनजनको क्षति हुने, बर्सेनि परालको छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी वडामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।’

वडाको सहयोगमा घरमा जस्ताको छानो लगाउन पाएकामा स्थानीयसमेत खुसी भएका छन् । ‘घरमा जस्ताको छानो लगाइएको छ, अब भने बर्सेनि फुसको छानो छाउनुपर्ने बाध्यता हटेको छ’, लाभग्राही कुमारले भने । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : ३६ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)