कमल थापाको आरोप- तीनकुने घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाटै भयो « Khabarhub

कमल थापाको आरोप- तीनकुने घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाटै भयो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाट भएको आरोप लगाएका छन् ।  

बिहीबार काठमाडौंमा राप्रपा नेपालका प्रवक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीमा सभामा थापाले राजवादीको बिचारमाथि आक्रमण गर्ने र बदनाम गर्ने प्रयास स्वरूप सरकारले नै चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम गरेको आरोप लगाए । 

उक्त घटनाको निष्पक्ष छानबिन नभई एकपक्षीय ढंगले राजावादी र राजसंस्थालाई मुछ्ने काम भएको भन्दै उनले आपत्ति जनाए । 

अध्यक्ष थापाले चैत १५ गतेको घटनालाई लिएर जनतामा भ्रम परेको भन्दै विचलित नभई अघि बढ्ने स्पष्ट पारे। गणतन्त्र पक्षधर दल र केही सञ्चारमाध्यमले सिर्जना गर्न खोजेको भ्रमको तुवाँलो केहिदिन पछि हटेर जाने उनको भनाइ छ ।

उनले पूर्व राजालाई बदनाम गर्ने झुटा आरोप लगाउने र हिन्दुराष्ट्रको मान्यतालाई निषेध गर्ने, समाप्त पार्ने षडयन्त्र विरुद्ध सजक भएर प्रतिरक्षा गर्न सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । अव पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिन नसके भविष्यमा पछुताउनुपर्ने अवस्था आउने उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी