कमल थापाको आरोप- तीनकुने घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाटै भयो « Khabarhub

कमल थापाको आरोप- तीनकुने घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाटै भयो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाट भएको आरोप लगाएका छन् ।  

बिहीबार काठमाडौंमा राप्रपा नेपालका प्रवक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीमा सभामा थापाले राजवादीको बिचारमाथि आक्रमण गर्ने र बदनाम गर्ने प्रयास स्वरूप सरकारले नै चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम गरेको आरोप लगाए । 

उक्त घटनाको निष्पक्ष छानबिन नभई एकपक्षीय ढंगले राजावादी र राजसंस्थालाई मुछ्ने काम भएको भन्दै उनले आपत्ति जनाए । 

अध्यक्ष थापाले चैत १५ गतेको घटनालाई लिएर जनतामा भ्रम परेको भन्दै विचलित नभई अघि बढ्ने स्पष्ट पारे। गणतन्त्र पक्षधर दल र केही सञ्चारमाध्यमले सिर्जना गर्न खोजेको भ्रमको तुवाँलो केहिदिन पछि हटेर जाने उनको भनाइ छ ।

उनले पूर्व राजालाई बदनाम गर्ने झुटा आरोप लगाउने र हिन्दुराष्ट्रको मान्यतालाई निषेध गर्ने, समाप्त पार्ने षडयन्त्र विरुद्ध सजक भएर प्रतिरक्षा गर्न सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । अव पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिन नसके भविष्यमा पछुताउनुपर्ने अवस्था आउने उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर