खाँडाचक्रका शिक्षकले पाएनन् छ महिनादेखि तलब « Khabarhub

खाँडाचक्रका शिक्षकले पाएनन् छ महिनादेखि तलब


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । 

चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । ‘तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।’

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिइन्। ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,’ उनले भनिन्, ‘हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।’ शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन÷तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलब भत्ता नदिएको शिक्षकहरूको भनाइ छ । 

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । 

उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलब भत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए । 

शिक्षकहरूको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्‍याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : १० बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी