महोत्तरीको चुरे क्षेत्रमा वायु प्रदूषण भयावह बन्दै « Khabarhub

महोत्तरीको चुरे क्षेत्रमा वायु प्रदूषण भयावह बन्दै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासि आँखा पोल्ने समस्याबाट स्थानीय प्रताडित बनेका छन् । वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानीयको भनाई छ ।

केही दिन देखि वायु प्रदूषण अत्यधिक बढे पछि बाहिर निस्कँदा र घरमा नै बसिरहँदा पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्यधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रह्यो भने भयावह हुने देखिन्छ ।’

विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरूमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्यधिक धुवा देखिए पछि बिहानै मर्निङ्गवाकमा निक्लनेहरू पनि त्रसित बनेका छन् ।

शुभ स्वस्तिक अस्पतालका प्रमुख दीपक कार्कीले वायु प्रदूषणका तस्बिरहरू साझा गर्दै विशेषगरि बालबालिका र बृद्धाहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा बाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायु प्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवै जना यसबाट सावधान अपनाउनु पर्ने नितान्त आवश्यक छ ।’

यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।

‘अहिले जताततै डढेलो लगाइएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएता पनि सावधानी अपनाउनु पर्छ ।’

स्वास्थ्यकर्मीहरुले कामबिना बाहिर ननिस्कन सुझाएका छन् । वर्षा समेत नभइरहेको अवस्थामा अहिले देखिएको वायु प्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरूले सचेत गराएका छन् ।  

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ३२ बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी