वन मन्त्रालयको सुझाव- प्रदूषण नियन्त्रण गर्न सातामा दुई दिन सार्वजनिक बिदा « Khabarhub

वन मन्त्रालयको सुझाव- प्रदूषण नियन्त्रण गर्न सातामा दुई दिन सार्वजनिक बिदा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा वन मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको हो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उपत्यकामा बढिरहेको प्रदूषण नियन्त्रण र असर न्यूनीकरणका लागि सरोकारवाला र विज्ञहरूसँग छलफल गरेका थिए । 

छलफलका क्रममा वन मन्त्रालयका सचिव दीपक खरालले उपत्यकाको प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

छलफलका क्रममा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म सवारी साधनहरू बारअनुसार जोर–बिजोर गरेर चलाउनुपर्ने पनि सुझाव दिएका छन् । छलफलमा सडक र अन्य आयोजना निर्माण गर्दा अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी