वन मन्त्रालयको सुझाव- प्रदूषण नियन्त्रण गर्न सातामा दुई दिन सार्वजनिक बिदा « Khabarhub

वन मन्त्रालयको सुझाव- प्रदूषण नियन्त्रण गर्न सातामा दुई दिन सार्वजनिक बिदा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा वन मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको हो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले उपत्यकामा बढिरहेको प्रदूषण नियन्त्रण र असर न्यूनीकरणका लागि सरोकारवाला र विज्ञहरूसँग छलफल गरेका थिए । 

छलफलका क्रममा वन मन्त्रालयका सचिव दीपक खरालले उपत्यकाको प्रदूषण नियन्त्रणका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव दिएको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

छलफलका क्रममा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म सवारी साधनहरू बारअनुसार जोर–बिजोर गरेर चलाउनुपर्ने पनि सुझाव दिएका छन् । छलफलमा सडक र अन्य आयोजना निर्माण गर्दा अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ३९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)