वायु प्रदूषण कम गर्न सबैले भूमिका खेलौँ : कावा प्रधानमन्त्री सिंह « Khabarhub

वायु प्रदूषण कम गर्न सबैले भूमिका खेलौँ : कावा प्रधानमन्त्री सिंह


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् । 

सहरी विकास मन्त्रालयमा बिहीबार विज्ञसँगको छलफलमा उनले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएपछि सबैलाई सघाउन आग्रह गरेका हुन् । 

कार्यवाहक प्रधानमन्त्री सिंहले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको जानकारी दिए । उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने पनि बताए । 

छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर–बिजोर गरेर चलाउनु पर्नेसम्मको स्थिति हुन सक्ने संकेत गरेको छ । वन मन्त्रालयका सचिव दीपक खरालले यस्तो बताएको सिंहको सचिवालयले जनाएको छ । 

छलफलमा विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव पनि एका छन् । वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्नेमा जोड दिए । डढेलो विज्ञ सुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिनु दिए  ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए । 

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी साधनले नभएर झन्डै दुई लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको भन्दै सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दियो । 

छलफलमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ५५ बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी