स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध « Khabarhub

स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल निर्विरोध


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– स्वास्थ्य पत्रकार मञ्च कर्णाली (एचजेएफ) को अध्यक्षमा ललित बसेल निर्विरोध चयन भएका छन् ।

बिहिबार सुर्खेतमा सम्पन्न भएको स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका कर्णालीका पत्रकारको भेलाले एचजेएफ कर्णालीको अध्यक्षमा ललित बसेललाई निर्विरोध चयन गरेको हो ।

उक्त भेलाबाट स्वास्थ्य पत्रकार मञ्च कर्णालीको उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा मिमबहादुर रावल (रमेश) र कोषाध्यक्षमा गीता थापा चयन भएका छन्, भने सदस्यमा देवबहादुर राना र टेकराज खत्री निर्विरोध चयन भएका छन् ।

पदाधिकारी चयनपछि स्वास्थ्य पत्रकार मञ्च कर्णालीले अब बिट रिपोटिङका आधारमा स्वास्थ्य क्षेत्रका गतिविधिबारे खोज तथा सन्देशमुलक सामाग्री प्रकाशन तथा प्रचार प्रसार गर्ने बताएको छ । 

मञ्चका अध्यक्ष ललित बसेलले कर्णालीमा स्वास्थ्य क्षेत्रका समस्या समाधानको विकल्पबारे पत्रकारिता मार्फत भूमिका निर्वाह गर्ने उल्लेख गर्दै राम्रा कामको प्रचार गरेर अन्य प्रदेशलाई सन्देश दिने बताए । सोही अनुसार सबै पदाधिकारीस्लाई कलम चलाउन उनको भनाइ छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : २७ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल