तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ « Khabarhub

तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर मानवअधिकार उलङ्घन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरे पनि समितिले गृहमन्त्रीसँग जानकारी लिने निर्णय गरेको हो । 

समिति सभापति विमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, धेरै घाइतेका साथै ठूलोजनधनको क्षति भएकाले यस विषयमा गृहमन्त्रीसँग जानकारी लिने निर्णय भएको बताइन् । 

उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पत्तिको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत अन्तर्राष्ट्रिय कानूनहरुले प्रदान गरेको नागरिकको अधिकारमासमेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे ।  

बैठकमा समिति सदस्यहरूले तीनकुने घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेका थिए । त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिइन् ।  

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख