तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ « Khabarhub

तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर मानवअधिकार उलङ्घन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरे पनि समितिले गृहमन्त्रीसँग जानकारी लिने निर्णय गरेको हो । 

समिति सभापति विमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, धेरै घाइतेका साथै ठूलोजनधनको क्षति भएकाले यस विषयमा गृहमन्त्रीसँग जानकारी लिने निर्णय भएको बताइन् । 

उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पत्तिको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत अन्तर्राष्ट्रिय कानूनहरुले प्रदान गरेको नागरिकको अधिकारमासमेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे ।  

बैठकमा समिति सदस्यहरूले तीनकुने घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेका थिए । त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिइन् ।  

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ४९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर