जुम्लामा आगलागी, नियन्त्रणमा लिन तिनै सुरक्षा निकाय परिचालित « Khabarhub

जुम्लामा आगलागी, नियन्त्रणमा लिन तिनै सुरक्षा निकाय परिचालित


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्ला सदरमुकाममा रहेको एक घरमा आगलागी भएको छ । चन्दननाथ नगरपालिका–४ कालढुंगीमा रहेको घरमा केही बेरअघिबाट आगलागी शुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थीहरू र अन्य व्यक्ति भाडामा बस्दै आएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।

आगलागी भएलगत्तै तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मीहरू परिचालन गरिएको उनले बताए । आगलागी भएको घर स्थानीय शिव लक्ष्मी न्यौपानेको रहेको प्रहरीले जनाएको छ ।

आगलागी भएको घरमा ग्यास रहेकाले पड्किने जोखिम रहेकाले सुरक्षाकर्मीले सावधानीपूर्वक आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी प्रमुख कामतीको भनाइ छ ।

आगलागी भएको घरभित्र रहेका ग्यासहरू पड्किरहेकाले आगो नियन्त्रणमा समस्या भएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको खुलेको छ । तीन तला रहेको घरको दोस्रो तलाबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणमा नगरपालिका दमकलसमेत पठाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : २८ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः