बालेनको सचिवालयको चेतावनी- गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेले भोलि जेल जान तयार हुनू « Khabarhub

बालेनको सचिवालयको चेतावनी- गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेले भोलि जेल जान तयार हुनू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेहरू सबै भोलि जेल जान तयार हुनुपर्ने बताएका छन् ।

महानगरकै कार्यालयमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले महानगरकै कर्मचारीहरूले ताला फोडी हाजिर गराएको विषयमा यस्तो चेतावनी दिएका हुन् ।

गुरागाईंलाई छैक्न महानगरका प्रमुख बालेन्द्रले नगर प्रहरी पनि परिचालन गरेको अवस्थामा कार्यकक्षको ताला फोडी कर्मचारीले प्रवेश गराएको विषय गम्भीर भएको उनले बताए ।

गुरागाईं ३ महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गर्न पुगेको विषयलाई आफूहरूले गम्भीर रुपमा लिएको शाहले बताए । गुरागाईं गत पुस ७ गतेदेखि कार्यालयमा हाजिर हुन सकेका थिएनन् ।

‘भ्रष्टाचार संलग्न व्यक्तिलाई बचाउन दुईतिहाइको सरकार लाग्यो । उहाँ हाजिर गर्न फेरि संघीय मामिला तथा प्रशासन मन्त्रालय जानुभएको छ । यसमा सरकारको प्रत्यक्ष संलग्नता छ’, उनले भने, ‘गुरागाईंलाई हाजिर गराउन जो–जो व्यक्ति लाग्नु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेका बेला भोलि उहाँ दोषी देखिए जो–जो साझेदार छन्, उनीहरू सबै जना जेल जान तयार हुनुपर्छ ।’

उनले गुरागाईंमाथि भ्रष्टाचारको आरोप लागेको अवस्थामा कुनै पनि कर्मचारीले आफूसँग नभएको अधिकार प्रयोग गरिसकेपछि त्यसले कार्यालयमा प्रवेश पाउन नहुने बताए । गुरागाईंले पहिले नै सरुवा गरी पाऊँ भनेको बताउँदै शाहले मन्त्रालयले दम्भ देखाएर जबरजस्ती हाजिर गराएको पनि जिकिर गरे ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ०० बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको