यही संविधानमा सबै समस्याको समाधान खोज्नुपर्छ : शेखर कोइराला « Khabarhub

यही संविधानमा सबै समस्याको समाधान खोज्नुपर्छ : शेखर कोइराला


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

मोरङको वुढिगंगा गाउपालिका–१ मा निर्माण गर्न लागिएको बुढिगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतङ्क तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रस्ट पारे । 

नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिए । नेपाली जनतालाई विश्वास दिलाउन छानबिन समिति बनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानबिन गर्नुपर्ने उनको भनाई थियो । 

उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू पनि सुध्रनु जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा  राजनीतिक दलहरूले आफूलाई सुधार्दै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दल मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने  कुरा गरे पनि त्यसो हुन नसेको बताए । जति सक्दो चाँडो आफूले गरेको प्रतिबद्धता पुरा गर्ने तर्फ दलहरूको ध्यान जानुपर्ने कोइरालाको भनाई थियो ।

उनले नेपालमा कृषि, जलविद्युत, जडीबुटी तथा पर्यटनको प्रशस्त सम्भावना रहेकाले त्यसको उचित सदुपयोग गरेर युवाहरूलाई स्वरोजगार बनाउँदै नेपाल नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सकिने बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ०५ बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी