भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन « Khabarhub

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गरेका भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पारे । भेटका अवसरमा उनीहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गरे । उपप्रधानमन्त्री सिंहले क्षति आँकलनमा खटिएका प्राविधिकको म्याद थपिने आश्वासन दिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : २१ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)