उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु « Khabarhub

उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

उदयपुर – कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–४ को सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुन्सीका ७१ वर्षीया अम्बर सुनुवारको मृत्यु भएको हो ।

कटारीबाट दुधौली सिन्धुलीतर्पm जाँदै गरेको प्र २–०१–०० ३२ प ५४२२ नम्बरको कटारी–६ गेरुवाका २३ वर्षीया अनन्त मगरले चलाएको मोटरसाइकलले विपरीत दिशाबाट कटारीतर्पm आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई कटारी अस्पतालमा ल्याइ उपचार गर्ने क्रममा दिउँसो ४ः३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले बताए ।

उपरीक्षक बजगाईंका अनुसार मोटरसाइलमा पछाडि सवार कटारी–५ भुल्केका २२ वर्षीया सरिना मगर सामान्य घाइते भएकामा कटारी अस्पतालमा उपचार गरिएको थियो । मोटरसाइकल चालक मगर र सरिना दुवैलाई प्रहरी कार्यालयमा लिई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ४६ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग