अपहरणमा परेकी बालिकाको उद्धार « Khabarhub

अपहरणमा परेकी बालिकाको उद्धार


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खेलिरहेकी बालिकालाई अपरिचित व्यक्तिले सफारी रिक्सामा चढाएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरी खोजी गर्दा कोसी गाउँपालिका–८ कोसी ब्यारेज नजिकबाट उद्धार गरिएको उनले बताए।

अपहरण गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जीतेन्द्र साह (हलुवाई)लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ५७ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)