अपहरणमा परेकी बालिकाको उद्धार « Khabarhub

अपहरणमा परेकी बालिकाको उद्धार


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खेलिरहेकी बालिकालाई अपरिचित व्यक्तिले सफारी रिक्सामा चढाएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरी खोजी गर्दा कोसी गाउँपालिका–८ कोसी ब्यारेज नजिकबाट उद्धार गरिएको उनले बताए।

अपहरण गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जीतेन्द्र साह (हलुवाई)लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ५७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्