अतिरिक्त हुलाक कार्यालय धमाधम बन्द हुँदै « Khabarhub

अतिरिक्त हुलाक कार्यालय धमाधम बन्द हुँदै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको हुलाक कार्यालय मातहत रहेका अतिरिक्त हुलाक कार्यालय बन्द भएका छन् । चिठी आदानप्रदान कम हुन थालेपछि २१ वटा कार्यालय बन्द गरिएको हो । यसअघि जिल्लामा कूल ५६ अतिरिक्त हुलाक कार्यालय थिए ।

सरकारको निर्णयअनुसार उक्त कार्यालय खारेज गरिएको कार्यालयका सूचना अधिकारी नगेन्द्र आलेमगरले बताए । “सरकारले गतवर्ष प्रस्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णय गरेको थियो”, उनले भने, “सोही बमोजिम जिल्लामा अतिरिक्त कार्यालय बन्द भएका हुन् ।” त्यहाँ कार्यरत कर्मचारीलाई गत साउनमा नै सेवा सुविधा दिएर घर पठाइएको उनले जानकारी दिए ।

एउटा इलाका हुलाक कार्यालय बन्द गरिएको छ । “जिल्लाभर १२ वटा इलाका हुलाक कार्यालय थिए”, मगरले भन, “एक स्थानीय तह, एक इलाका हुलाक कार्यालय कार्यक्रम लागू भएसँगै एउटा कार्यालय बन्द गरिएको हो ।” जिल्लामा हाल ११ वटा मात्र इलाका हुलाक कार्यालय र २५ वटा अतिरिक्त हुलाक कार्यालय रहेको उनले जानकारी दिए ।

ती कार्यालयले हुलाकमार्फत आउने चिठी पत्र गाउँघरमा लैजाने काम गर्थे । तर पछिल्लो समय प्रविधिमा भएको विकासले चिठी आदानप्रदानको सङ्ख्या घट्दो छ । व्यक्तिगत चिठीपत्र तथा सामग्री निकै कम मात्रामा आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कार्यालयमा १२ हजार सात सय ६५ वटा चिठीपत्र आदानप्रदान भएका छन् ।

जसमध्ये करिब ८० प्रतिशत चिठी सरकारी कार्यालयका छन् । बाँकी २० प्रतिशत भने व्यक्तिगत रहेको सूचना अधिकारी मगरले बताए । “व्यक्तिगतअन्तर्गत धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुको चिठीहरु नै हुन्छन्”, उनले भने ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव व्यक्तिगत र सरकारी गरी कूल २२ हजार दुई सय ३० वटा चिठीपत्र आदानप्रदान भएको थियो । आव २०७९/८० मा १७ हजार ४९ र २०७८/७९ मा १६ हजार ३४ वटा चिठीपत्र आदानप्रदान भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ९ : ०७ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्