जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट « Khabarhub

जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला – चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका थिए । उक्त घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ९ : २८ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट