जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट « Khabarhub

जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला – चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका थिए । उक्त घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ९ : २८ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)