संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छः शेखर कोइराला « Khabarhub

संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्छः शेखर कोइराला


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान संविधानभित्र रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढगङ्गा पार्क’को आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको धारणा राखे ।

उनले समस्याको समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।

उनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको धारणा राखे । नेता कोइरालाले भने, “दुई ठूला दल कांग्रेस र नेकपा ९एमाले० मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ ।”

बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यसक्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको बताए । सिङ्गिया खोलाको किनारका चार विघा क्षेत्रफलमा रु २१ करोड पार्क निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : १३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी