अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता « Khabarhub

अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियामा अहिले आम निर्वाचन भइरहेको छ। एक करोड ८० लाख मतदाताले शनिबार नै सम्पन्न हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।

वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार भइरहेका छन्। कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार हुन्।

जीवन यापनको मूल्य यस निर्वाचनको मुख्य विषय हो। मतदाता स्वास्थ्यका बारे पनि चासो लिइरहेका छन्। निर्वाचनको परिणाम त्यसै दिन बाट आउन सुरु भए पनि सकिन सातासम्म लाग्ने अनुमान गरिएको छ।

दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन्। यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए। १५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ३३ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४