आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै « Khabarhub

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

युनेस्कोले यस वर्षका लागि ‘एआई (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय’ भन्ने नारा तय गरेको छ ।

एआईको सहायताले छिटो र सहज रिपोर्टिङ सम्भव भए पनि पत्रकारको पेशागत सुरक्षासँगै तथ्य, निष्पक्षता र पारदर्शितामा प्रश्न उठाइरहेको सन्दर्भमा यो नारा अर्थपूर्ण रहेको छ ।

सन् १९९१ मे ३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो ।

यो दिवसले विन्डहुक घोषणापत्रको ऐतिहासिक सन्देश– स्वतन्त्र, निष्पक्ष र सुरक्षित प्रेस लोकतन्त्रको आधारशिलालाई पुनः स्मरण गराउँछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २४ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच