संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड « Khabarhub

संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ’, अध्यक्ष दाहालले सन्देशमा भनेका छन्– ‘प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यस आवश्यकतालाई व्यावहारतः कार्यान्वयन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु ।’

अध्यक्ष दाहालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल