काठमाडौं महानगरको दोस्रो सीप मेला जेठ पहिलो साता « Khabarhub

काठमाडौं महानगरको दोस्रो सीप मेला जेठ पहिलो साता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ ।

अघिल्लो वर्षझैँ टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए ।

सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने प्रमुख शाहको धारणा रहेको छ ।

पन्ध्र हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०–८१ देखि महानगर गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कामपाले कार्यान्वयनमा ल्याएको छ ।

सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको पनि प्रमुख शाहले जानकारी दिए ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए । मेलाबाट विभिन्न विधामा दुई हजार ८१ जना युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

रोजगार र स्वरोजगारमा आबद्ध नभएका र कामपाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीसँग सहकार्य गरेर कामपाले अन द जब ट्रेनिङ गराइरहेको छ । आन्तरिक रूपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउनु मेलाको लक्ष्य रहेको कामपाको भनाइ रहेको छ ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिकस्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।

गएको वर्ष तालिम लिन नपाएका कामपामा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहनु भएका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिहरूलाई तालिमका लागि प्राथमिकतामा राखिएको छ ।

यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने बताइएको छ । 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ४६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल